पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रोपटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो । यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो ।
कम्पनीका अनुसार पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसरका साथै २.० जीएचजेडमा दुई कोटेक्स—ए७५ र १.८ जीएचजेड मा छ कोटेक्स—ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँछ । मिडियाटेक गेमिङ विशेषताहरुका साथ पोको एम२ प्रयोगकर्ताले आकर्षक गेमिङको आनन्द लिन सक्नेछन् । साथै यसमा ६ जीबी -याम रहेको छ । साथै पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रिजोलुसन र १९ः५ः९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निङ गोरिला ग्लास ३ ले स्क्रिनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्छ ।
फोनको सुरक्षाको लागि विटुआई न्यानो कोटिङ पनि छ जसले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँछ । पोको एम २ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइमी सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्यावलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् ।
प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम२ ५००० एमएएच बिल्ट—इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट्ट इन बक्स) समर्थन गर्दछ । यसैगरी टु—टोन डिजाइनको साथ पोको सी३ यस श्रेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन रहेको छ । कम्पनीका अनुसार पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ ।
डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ । म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ । पोको सी३ मिडियाटेक हेलियो जी ३५ः८ कोर प्रोसेसरका साथ कोटेक्स ए५३ कोरका साथ २.३ जीएचजेडसम्म क्लक गरिएको छ । ५ हजार एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ । पोको सी३ मा प्रयोगकर्ताहरुले ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्लेका साथ १६००×७२० रिजोलुसन र २०ः९ को आकृति अनुपातको मज्जा उठाउनसक्ने कम्पनीको भनाइ छ । फोनको सुरक्षाका लागि यसमा पनि पिटुआई न्यानो कोटिङ छ ।
कम्पनीका अनुसार पोको एम२, ६ जीबी+६४ जीबी स्टोरेज भेरियन्टमा १८ हजार ९ सय ९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलरहरुमा उपलब्ध हुनेछ । यसैगरि पोको सी ३ आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रङ्गहरुमा ४ जीबी+ ६४जीबी स्टोरेज भेरियन्टमा १४ हजार ९ सय ९९ मूल्यमा उपलब्ध हुनेछ । यी सबै उपकरणहरु सबै आधिकारिक मी स्टोर र रिटेल पार्टनरहरुमा छिट्टै उपलब्ध हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया