राष्ट्रिय सहकारी बैंकले सञ्चालनमा ल्यायो एकैदिन थप चारवटा शाखा
काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा एकैदिन थप चारवटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौँंको कीर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतबार एकै दिन शाखा शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष केबी उप्रेतीले छुट्टाछुट्टै समयमा चारवटा शाखाको उद्घाटन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो । काठमाडौँं र भक्तपुरमा चार ठाउँमा एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएका छौँ, अध्यक्ष उप्रेतीले भने– ‘लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा आउँदै छन् ।’ काठमाडौँमा नारायणगोपाल चोक, नया बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ ।
यस्तै प्रदेश नं. १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रूपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको गुरागाईले जानकारी दिए । ४४ वटा शाखामार्फत सदस्यहरूलाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्तभित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासँगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
सहकारी बैंकका सदस्य संस्थाहरू ७७ वटै जिल्लामा छन् । अब बैंकको शाखा र शाखारहित सेवा सबै जिल्ला, महानगरपालिका र उपमहानगरपालिका हुँदै नगरपालिका र गाउँपालिकासम्म पु-याउने योजनाका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए । बैंकमा हाल १२ हजार दुई सय ८३ सहकारी संघसंस्था सदस्य रहेका छन् । नेपाल सरकारसहित देशभरका सहकारी संघ सस्थाहरूको शेयर रहेको बैंकमा हाल दुई अर्ब ४८ करोड सेयर रकम, ५१ अर्ब ३६ करो निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया