Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र सुरु गरिने

इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र सुरु गरिने


बगदाद ।
इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र सुरु गरिने भएको छ । सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय शनिबार गरेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो । आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ ।

यसअघि उपशिक्षामन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्र्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे । उनले यसअघि लागू हुँदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्थाअनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि जानकारी दिएका थिए ।

त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानलमार्फत गर्ने बारेमा पनि सोचविचार भइरहेको उनको भनाइ छ । अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८ सय ८० जना संक्रमित भएका छन् । योसँगै इराकमा अहिलेसम्म कुल संक्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया