संविधानमा लेखे पनि नलेखे पनि जनहितको पक्षमा काम गर्न सरकार कतै हिचकिचाइरहनु पर्दैन । त्यसका लागि कुनै निकायले अवरोध गरे भने सरकारले त्यसलाई ठाडै अवज्ञा गरे हुन्छ । यसका लागि सरकारले कसैको अनुमति पर्खिरहनु पर्दैन । आफ्नो र आफ्नाहरूका लागि मात्र हुनेगरी र आम जनसमुदाय त्यसबाट पीडित हुन्छ भने त्यस्तो काम नगर्न संविधानमै लेखिएको रहेछ भने पनि सरकार बाध्य हुँदैन र हुनु पनि हुँदैन । यो लोककल्याणकारी राज्यव्यवस्थाको सामान्य सिद्धान्त हो तर पछिल्लो समय यस्तो मान्यतामा सरकारले नै विचलन ल्याइरहेको छ । जसले सरकारलाई यति धेरै बदनामी गरायो कि अब सरकासँग जनताका लागि गरेको भन्दा लाज लाग्ने अवस्था आएको छ ।
जुनबेला राज्यसँग नागरिकले केही अपेक्षा गर्छन् त्यो बेला राज्य पन्छियो भने त्यस्तो राज्यले जनतालाई कसरी हित गर्छ भन्ने प्रश्न आफैँ एउटा विषय हो । पछिल्लो समय खासगरी महामारीका बेला सरकार नागरिकप्रतिको दायित्वबाट पन्छिएको भन्ने आम नागकिरले मात्र होइन राज्यका औपचारिक र आधिकारिक निकायहरूले समेत किटानी गरे । कोरोनाजस्तो विश्व्यापी महामारीको पहिचान र उपचारमा सरकार पन्छिएको छ । अदालतले त्यसलाई ठाडै अस्वीकार ग-यो । तैपनि आदेश आइपुगको छैन भनेर सरकार आफ्नो पूर्वनिर्णय सच्याउन लामो समयसम्म आनाकानी गरिरह्यो ।
पछिल्लो समय यो विषय संसद्मा पनि पुग्यो । यद्यपि संसद् बन्द छ । यस्तै पर्छ भनेर होला महामारी देखाएर यो वर्ष सरकारले संसद् नै चल्न दिएन । तर मिनिसंसद्ले सरकारको यस्तो गलत काम समात्यो । त्यसको उदाहरण हो संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिनु । यसअघि निःशुल्क उपचार गर्न नसक्ने भन्दै सरकार अदालतबाट पनि उम्किन खोजेको थियो ।
संसद्मा सरकार पक्षकै बहुमत, करिब दुई तिहाइ पुगनपुगको संख्यामा छ । त्यही संख्या अर्थात् सत्तापक्षले नै सरकारको कामलाई जायज ठानेन । समितिको बैठकमा स्वास्थ्य सचिवले निःशुल्क उपचार गर्दा राज्यले धान्न नसक्ने कुरा राखेका थिए । समितिले सरकारको यो कुरालाई काइते मान्यो । समितिका अनुसार मन्त्रिपरिषद्को असोज १९ को बैठकले निश्चित वर्गको मात्रै निःशुल्क उपचार गर्ने भन्ने निर्णय गलत रहेको थियो । त्यसमाथि अदालतले पनि निर्देशन दिएको विषयको अन्यथा हुनेगरी गरेको काम त झन् आपत्तिको हुने नै भयो ।
समितिको बैठकमा सरकारको यो कामको चर्को विरोध गर्नेमा सत्तापक्षकै सांसद बढी थिए । सरकारको यो काम जनप्रतिनिधिको स्थलमा समेत टिकेन । सत्तापक्षको संसद्को नेता भनेका प्रधानमन्त्री हो । सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको हस्ताक्षरबाट जारी भएको ह्वीप मान्नुपर्छ । तिनै सांसदको आरोप रह्यो, यो ठाउँमा पनि सरकारले आफूले चाहेको वर्गका कसैलाई फाइदा हुनेगरी काम गरेको देखियो । सरकारले निजी अस्पताललाई मनोमानी शुल्क उठाउन दिएको हो । यसको अनुगमन नगरिएको कुराले पनि त्यही बुझाउँछ ।
सरकारसँग बजेटको अभाव भएर यस्तो गरेको होइन । बजेट त एकप्रकारले चलाइएकै छैन भनेपनि हुने अवस्थामा छ । समितिको भनाइ छ– गरिब जनताको सरकारी अस्पतालमा त पहुँच पुगेको छैन भने निजीमा समेत शुल्क तिर्नुपर्दा झन् अस्पताल नै जाँदैनन्, उनीहरू संक्रमित भएपछि पैसा नभएकै कारण घरैमा ज्यान गुमाउन सक्छन् । यसबाट संक्रमितहरूको उपचारमा राज्यको संवेदनशीलता कस्तो छ भन्ने प्रस्ट हुन्छ । आफैँले गर्नुपर्ने काम अरुको निर्देशनबाट बाध्य भएर गर्नुमा सरकारको मनसाय कल्याणकारी नरहेको स्पष्टरूपमा बुझ्न सकिन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया