Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशाक्य बने प्राधिकरणको एमडी

शाक्य बने प्राधिकरणको एमडी


काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कुलमान घिसिङले गत भदौ २९ गते अनिवार्य अवकाश पाएपछि ऊर्जा मन्त्रालयले प्राधिकरणकै लेखातर्फका प्रमुख उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त एमडीको जिम्मेवारी दिएको थियो ।

प्राधिकरणले जनअपेक्षाअनुसार काम गर्न नसकेपछि ऊर्जा मन्त्रालयले सोमबार प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी बनाएको हो । कोइरालाले जिम्मेवारी पाएपछि छिनछिनमा बिजुली जाने समस्या देखिएको थियो । सबैभन्दा बढी बिजुली खपत हुने तिहारको केही दिनअगाडि शाक्यले प्राधिकरणको नेतृत्व लिएका छन् । उनको क्षमताको यही तिहारमा परीक्षण हुनेछ ।

शाक्यलाई निमित्तको जिम्मेवारी दिन उनको काज प्राधिकरणमै फिर्ता गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई एमडीको पूर्ण जिम्मेवारी दिनको लागि अहिले निमित्तको जिम्मेवारी दिइएको हो । मन्त्रिपरिषद्ले उनलाई प्राधिकरणको एमडी बनाउने तयारी गरेको स्रोतको दाबी छ । इलामका शाक्यसँग प्रसारणलाइन निर्माणको राम्रो अनुभव भएको मानिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया