Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफेरि थपिए २५ सय ७१ जना संक्रमित

फेरि थपिए २५ सय ७१ जना संक्रमित


काठमाडौं ।
सोमबार नेपालमा थप दुई हजार पाँच सय ७१ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । ११ हजार एक सय ७७ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थप भएका हुन् । सोमबार मात्रै देशका विभिन्न स्थानमा थप २४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा एक हजार एक सय ३२ जनाको मृत्यु भइसकेको छ ।

सोमबार एक हजार सात सय ९८ जनाको कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो समयमा कोरोनाबाट मुक्त हुनेको दर ८१ प्रतिशत रहेको छ । १५ लाख ५१ हजार दुई सय ५४ जनाको परीक्षण गर्दा एक लाख ९७ हजार २४ जनामा कोरोना देखिएको छ । तीमध्ये ३६ हजार एक सय ७४ जना अझै उपचाररत छन् ।

काठमाडौं उपत्यकामा मात्र सोमबार एक हजार चार सय २८ जनामा संक्रमण देखिएको छ । त्यसमा पुरुषको संख्या सात सय ९८ जना र महिलाको संख्या छ सय ३० जना रहेको छ । सोमबारसम्म काठमाडौं उपत्यकामा १९ हजार तीन सय ८४ जना कोरोनाका संक्रमित उपचाररत छन् । त्यसमध्ये काठमाडौंमा १५ हजार नौ सय ८२ जना, भक्तपुरमा एक हजार एक सय ४३ जना र ललितपुरमा दुई हजार दुई सय ५९ जना रहेका छन् ।

संक्रमितमध्ये प्रदेश १ मा आईसीयूमा ४९ जना र भेन्टिलेटरमा १३ जना, प्रदेश २ मा आईसीयूमा आठ जना र भेन्टिलेटरमा दुई जना, वाग्मती प्रदेशमा आईसीयूमा दुई सय चार जना र भेन्टिलेटरमा ५२ जना, गण्डकी प्रदेशमा ७२ जना आईसीयूमा र नौ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५४ जना आईसीयूमा र छ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा आईसीयूमा नौ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया