दरौँदीको पानी गोरखा बजारसम्म पु-याउने आयोजना निर्माण कार्य अन्तिम चरणमा
गोरखा ।
दरौँदी खोलाको पानी गोरखा नगरपालिकामा पु-याउन सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ । दरौदी गोरखा बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडादेखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पु-याउन उक्त आयोजना सञ्चालन भएको हो ।
विशेषगरी दरौँदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पु-याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । दरौँदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजार दरबारसम्म पानी पु-याइएको आयोजना कार्यालयले जनाएको छ । दरौँदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार)सम्म पानी तानेर गोरखा बजारमा पु-याइएको आयोजना प्रमुख देवेन्द्रकुमार झाले बताए ।
उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाइ छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा चार हजार आठ सय ५३ निजी धाराहरु जडान भइसकेको आयोजना प्रमुख झाले बताए । यो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड आठ लाख १० हजार रुपैयाँ रहेको छ । आयोजनाका प्रमुख झाले भने, ‘स्थानीय व्यक्तिहरुले विद्युत्को काममा अवरोध गरेकाले केही समय काम ढिला भयो । तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिनेछ ।’
पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेडअनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले जानकारी दिए । यो आयोजना गोरखा जिल्लाकै एक नमूना र बृहत् आयोजना हो ।
गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ वर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब तीन किलोमिटर वितरण लाइन र सातवटा रिजर्भवायर ट्याङ्कीमार्फत खानेपानी वितरण हुनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया