राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच सम्झौता
काठमाडौँ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच संघका सदस्यहरूलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका हुुन् ।
सम्झौता भएपछि नेपाल पूर्वसशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरूलाई बैंकमा सिफारिस गर्नेछ । बैंकले सिफारिस भएर आएका सदस्यहरूलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैयाँसम्म आधारदरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाशपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिई आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पु-याउने बताए । त्यसैगरी संघका अध्यक्ष किशोरकुमार लामाले अवकाशप्राप्त सुरक्षाकर्मी साथीहरूले नोकरीपछि वैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघकाका वरिष्ठ उपाध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठले मन्तव्य व्यक्त गरे ।
उक्त समारोहमा बैंकका उप कार्यकारी अधिकृतहरू सरस्वति अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू विनयरमण पौडेल, पद्मा जिसी, उपप्रमुख दामोदर ज्ञवाली, प्रबन्धक बालकुमार थापा र संघका तर्फबाट सचिव कविराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कम्पनी सचिव भोलानाथ पौडेलले सञ्चालन गरेका थिए । बैंकको हाल ७७ जिल्लामा दुुई सय ४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया