Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा मात्रै २० हजार नाघे कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै २० हजार नाघे कोरोना संक्रमित


काठमाडौं ।
काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २० हजार दुई सय ६० जना पुगेको छ । मंगलबार मात्र काठमाडौं उपत्यकामा एक हजार चार सय २० जना संक्रमित थप भएका हुन् ।

मन्त्रालयका अनुसार मंगलबार थप भएसँगै काठमाडौंमा जिल्लामा मात्रै १६ हजार छ सय ८६ जना, ललितपुरमा दुई हजार तीन सय ५० जना र भक्तपुरमा एक हजार दुई सय २४ जना रहेका छन् । काठमाडौंमा मंगलबारसम्म दुई सय ८० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ७३ जना मृत्यु भएको छ । मानिसहरुको भीडभाड बढेसँगै काठमाडौंमा कोरोना संक्रमितको दर बढेको हो । साउनपछि काठमाडौं उपत्यकासहित देशभरका सहरी क्षेत्र र जिल्ला सदरमुकामहरुमा कोरोना संक्रमितको संख्या बढेको छ । ग्रामीण क्षेत्रमा भने सहरको तुलनामा संक्रमितको संख्या ह्वात्तै घटेको छ ।

नेपालभर मंगलबारसम्म एक लाख ९९ हजार सात सय ६० जना संक्रमितको संख्या पुगेको छ । तीमध्ये एक लाख ६० हजार पाँच सय ७७ जनाले कोरोना जितेका छन् । मंगलबारसम्म देशभर ३८ हजार ३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । कोरोना पोजिटिभ देखिएकाहरुमध्ये एक हजार एक सय ४८ जनाको मृत्यु भएको छ । मंगलबार मात्र एक हजार नौ सय ६० जनाको परीक्षण गर्दा दुई हजार सात सय ३६ जनामा कोरोना देखिएको थियो भने मंगलबार आठ सय ५३ जना कोरोनामुक्त भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया