भैरहवा भन्सारद्वारा ११ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन
पोसकान्त पोखरेल
बुटवल ।
भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीले चालू आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ५३ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार कार्यालयले बेलहिया नाकाबाट भन्सार भई आउने सामग्रीहरूबाट उक्त राजस्व संकलन गरेको हो ।
सूचना अधिकारी लम्सालले उपलब्ध गराएको कार्यालयको विवरणअनुसार कार्यालयले चार अर्ब तीन करोड ७१ लाख ५८ हजार रुपैयाँको मोटरसाइकलबाट, ९० करोड ५८ लाख १५ हजार रुपैयाँ एमएस विलेटबाट, ७२ करोड ६१ लाख ३३ हजार रुपैयाँ ग्लेज टाइलबाट ६१ करोड ३५ लाख ६२ हजार हाइस्पिड डिजेलबाट, ४८ करोड ७३ लाख ६६ हजार रुपैयाँ पेट्रोलबाट, ४१ करोड ९९ लाख नौ हजार रुपैयाँ डबल–क्याप पीकअप गाडीबाट, ४० करोड २७ लाख ८० हजार रुपैयाँ मोबाइल टेलिफोनबाट, ३६ करोड १८ लाख ६५ हजार रुपैयाँ सिङ्गल क्याब पीकअप गाडीबाट, ३५ करोड २२ लाख ४० हजार रुपैयाँ मार्बल स्ल्याबबाट, ३० करोड ७४ लाख पोलिथिन दानाबाट राजस्व संकलन गरेको छ ।
त्यस्तै, २४ करोड २६ लाख ५७ हजार रुपैयाँ पत्थर कोइलाबाट, २१ करोड ८६ लाख ९० हजार रुपैयाँ एचआर सीटबाट, २१ करोड २० लाख ५५ हजार रुपैयाँ जर्दा खैनीबाट, १९ करोड २४ लाख ११ हजार रुपैयाँ अन्य साबुनहरूबाट, १७ करोड ७६ लाख आठ हजार रुपैयाँ ट्रक मिनी ट्रकबाट, १६ करोड ५९ लाख ४० हजार रुपैयाँ नुहाउने साबुनबाट, १५ करोड १८ लाख ४१ हजार रुपैयाँको चिनीबाट, १४ करोड ८८ लाख पाँच हजार रुपैयाँ बिस्कुटबाट, १४ करोड १५ लाख ५१ हजार रुपैयाँ बस ट्रकको टायरबाट, १४ करोड १५ लाख ३१ हजार रुपैयाँका फ्रिजबाट राजस्व संकलन गरेको छ ।
यसैगरी १४ करोड १३ लाख पाँच हजार रुपैयाँ चक्लेटबाट, १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ सुती कपडा, १२ करोड ५५ लाख ८९ हजार रुपैयाँ तयारी कपडाबाट, ११ करोड छ लाख १९ हजार रुपैयाँ ट्याक्टर (१८ सय सीसीभन्दा बढीको)बाट, १० करोड ८४ लाख ९२ हजार रुपैयाँको हल्का पेय पदार्थबाट, १० करोड ८० लाख ५६ हजार रुपैयाँ चुइगमबाट, १० करोड १३ लाख १५ हजार रुपैयाँ मोटरको ब्याट्री, नौ करोड ९१ लाख ६२ हजार रुपैयाँ रेसाका कपडाहरूबाट, नौ करोड ८७ लाख ५१ हजार रुपैयाँ धाराका सरसामानहरूबाट, नौ करोड चार लाख २४ हजार रुपैयाँ अलकत्ता बिटुमिनबाट गरी ११ अर्ब ५३ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त अवधिमा कार्यालयबाट २६ अर्ब ८२ करोड ९९ लाख ७३ हजार रुपैयाँबराबरको आयात भएको छ भने ६२ करोड २० लाख ४२ हजार रुपैयाँको निर्यात भएको छ ।
सूचना अधिकारी लम्सालले उपलब्ध गराएको विवरणमा कार्यालयको आयात निर्यात अवस्था हेर्दा आयातको तुलनामा निर्यातको अवस्था धेरै निरासजनक रहेको छ । कार्यालयबाट चालू आर्थिक वर्षको तीन महिना अर्थात् असोज मसान्तसम्म २५ करोड ५७ लाख ५० हजार रुपैयाँको प्रशोधित भटमासको तेल, नौ करोड २४ लाख २१ हजार रुपैयाँको पिना अन्य, छ करोड २० लाख तीन हजार रुपैयाँको बोरा झोला अन्य कपडा पदार्थ, तीन करोड ४६ लाख १७ हजार रुपैयाँको प्लाष्टिकका नली पाइप, दुई करोड ८३ लाख १४ हजार रुपैयाँको जडीबुटी, दुई करोड ३१ लाख १५ हजार रुपैयाँको खोटो रोजिन, पाँच करोड ३० लाख ९१ हजार रुपैयाँको चाउचाउ, नुडल्स, पास्ता आदि, एक करोड ९२ लाख ८१ हजार रुपैयाँको दालचिनी, एक करोड ३१ लाख ५२ हजार रुपैयाँको तयारी कपडा, ९१ लाख ५० हजार रुपैयाँको सागपात र हरियो तरकारी, ७५ लाख छ हजार रुपैयाँको प्लाष्टिक पाइप फिटिङ, ४४ लाख ४८ हजार रुपैयाँको जमोठ कपडा, ८३ लाख आठ हजार रुपैयाँको प्लाष्टिक बोतल, ९३ लाख १६ हजार रुपैयाँको अन्य मसला र १५ लाख ७० हजार रुपैयाँको नरिवलको जराको धागो ६२ करोड २० लाख ४२ हजार रुपैयाँको निर्यात भएको देखिन्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया