Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाले थलिएको खुम्बुक्षेत्र चलायमान हुँदै

कोरोनाले थलिएको खुम्बुक्षेत्र चलायमान हुँदै


महेन्द्र शाही
सोलुखुम्बु ।
कोरोना भाइरसका कारण लामो समयदेखि ठप्प बनेको खुम्बु क्षेत्र आन्तिरिक पर्यटकका कारण चलायमान बन्दै गएको छ । कोरोनाका कारण गरिएको बन्दाबन्दीले थलिएको यो क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेपछि खुम्बुमा चहलपहल बढेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द भएको आन्तिरिक उडान असोज ५ गतेबाट सुचारु भएसँगै नेपालीहरूको भ्रमणको गन्तव्यमा खुम्बु पनि पर्न थालेको छ । बाह्य पर्यटकको आवागमन ठप्प भए पनि आन्तरिक पर्यटकको आवागनम हुन थालेपछि त्यस क्षेत्रका व्यवसायीमा उत्साह थपिएको छ । खुम्बुमा असोजदेखि मंसिरसम्मको सयम स्प्रिङ सिजन र फागुनदेखि जेठसम्म अर्को अटम सिजन गरी दुई सिजनलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । तर यो दुवै सिजनमा पर्यटकको आवागमन भने शून्यप्राय रहेको थियो ।

गत आर्थिक वर्षमा ३१ हजार पाँच सय ३५ जना विदेशी र ११ सय दुई जना नेपाली पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको जोरसल्ले चेकपोष्टको तथ्यांकले देखाएको छ । सो आर्थिक वर्षमा तीन हजार सात सय ११ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । करिब ६ महिना सुनसान बनेको खुम्बु क्षेत्रका व्यवसायीलाई अहिले भने आन्तिरिक पर्यटक आम्दानी स्रोत बनेको व्यवसायी निमा तेन्जिङ शेर्पाले बताए । केही मात्रामा भए पनि आन्तरिक पर्यटक आएकाले पहिलेकै अवस्थामा फर्कनेमा आशावादी रहेको उनको भनाइ छ ।

यातयात तथा हवाइ उडान खुलेसँगै अहिले दैनिक ३० जनासम्म आन्तिरिक पर्यटक खुम्बु पुग्नेगरेका छन् । काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लाबाट सबैभन्दा बढी आन्तरिक पर्यटकहरू खुम्बु भित्रिने गरेको जोरसल्ले चेकपोष्टको तथ्यांक छ । तहसनहस बनेको पर्यटन क्षेत्र आन्तिरिक पर्यटकले उकास्न सक्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ । पहिलेको जस्तो उत्साह नभए पनि केही आशा भने पलाएको उनको भनाइ छ ।

यो क्षेत्रमा सञ्चालन गरिएका सबै होटलहरू पर्यटकमा नै निर्भर रहने गरेका छन् । ६ महिना ठप्प बनेकोे व्यवसायलाई आवश्यक सुरक्षाका उपाय आत्मसात् गरेर सञ्चालन गर्नका लागि खुम्बु पासाङल्हमु गाउँपालिकाले होटल सञ्चालकलाई अभिमुखीकरण कार्यक्रम समेत प्रदान गरेको छ । पर्यटन प्रवद्र्धनका लागि हरेक वडालाई ४/४ लाख रकम समेत दिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए ।

पर्यटन नै आन्दानीको मुख्य स्रोत भएकाले गाउँपालिकाले पनि प्राथमिकता दिएको उनको भनाइ छ । खुम्बुका होटल व्यवसायीहरूले आन्तरिक पर्यटकलाई अहिले प्राथमिकतामा राखेको बताएका छन् । खुम्बुका होटल व्यवसायी पासाङ शेर्पाले आन्तिरिक पर्यटकहरूले संकटमा परेको होटल व्यवसायीहरूलाई राहत मिलेको बताए । विश्वभर कोरोनाका कारण भ्रमणका लागि निस्कने अवस्था नरहेकाले आन्तरिक पर्यटनमा बढी जोड दिनुपर्ने सरोकारवालाको भनाइ छ ।

खुम्बुक्षेत्रमा आन्तरिक पर्यटक बढेसँगै त्यहाँका व्यवसायीहरूले राहतको महसुस गरेका छन् । पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा पु-याउनका लागि राज्यले पनि विशेष प्याकेज ल्याउनुपर्ने व्यवसायीहरूको भनाइ छ । तत्काल विदेशी पर्यटक आउनका असम्भव भएकाले आन्तिरिक पर्यटक नै त्यहाँको आर्यआर्जनको माध्यम भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया