Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिलो पटक बझाङको ग्रामीण क्षेत्रमा बजार अनुगमन

पहिलो पटक बझाङको ग्रामीण क्षेत्रमा बजार अनुगमन


आशिष बहादुर सिंह
बझाड. ।
घरेलु तथा साना उद्योग विकास कार्यालय बझाङले पहिलो पटक ग्रामीण क्षेत्रका बजार अनुगमन गरेको छ । कार्यालयले चाडपर्वका बेला हुनसक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण लागि बझाङमा साना तथा ठूला बजारमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको हो ।

अनुगमनहरू पहिला सदरमुकाम चैनपुरलक्षित मात्रै हुनेगरे पनि यसपटक भने जिल्लाका सबै बजारहरूमा गरिएको छ । विभिन्न बजारहरूमा गरिएको अनगमनका क्रममा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको कार्यालयले जनाएको छ । अखाद्य वस्तुको बिक्री वितरण रोक्न, म्याद नाघेका वस्तुको बिक्रीवितरण रोक्न र खाद्य अधिकारलगायत राजस्व चुवावट रोक्नको लागि व्यापारी तथा उपभोक्ताहरूलाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको उद्योग विकास अधिकृत खडक बोहराले बताए ।

अनुगमनका क्रममा मिठाइ, चाउचाउ, चिउरा, बिस्कुट, तेल, खानेपानी, पिठो, दाल, मद्यिरा, चिसो पेयपदार्थ, मसलाहरूलगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया