आशिष बहादुर सिंह
बझाङ ।
बझाङको सदरमुकाम चैनपुर सार्वजनिक शौचालयविहीन भएको छ । बझाङको केन्द्रविन्दु तथा जयपृथ्वी नगरपालिकाको चैनपुर बजारमा केही वर्षअघि चैनपुरस्थित खुलामञ्चमा महिला र पुरुषको लागि छुट्टाछुट्टै प्रयोगका लागि सार्वजनिक शौचालय निर्माण गरे पनि कोरोना महामारीपछि बन्द भएको शौचालय हालसम्म पनि सञ्चालनमा आएको छैन ।
स्थानीय मनराज धामीले भने, ‘सदरमुकामजस्तो ठाउँमा सार्वजनिक शौचालय नहुनु र भएको एउटा मात्रै शौचालय पनि बन्द हुँदा सर्वसाधारणहरुलाई असहज भएको छ ।’ सार्वजनिक शौचालय बन्द हुँदा गाउँघरबाट आएका सर्वसाधारणहरुले शौच गर्नका लागि निर्माण गरिएको शौचालय प्रयोग नपाएको उनले बताए ।
अर्का स्थानीय सुरेश विष्टले सदरमुकाममै सार्वजनिक शौचालय नहुँदा शौच गर्न होटलका शौचालय खोज्दै जानुपर्ने अवस्था रहेको बताए । ‘शौच गर्न मन लागेपछि चिया खाजा खाने बहानामा होटलमा जानुपर्छ’, विष्टले भने । उनले शौचालय बन्द भएको आठ महिना पुग्दा पनि सञ्चालनका लागि नगरपालिकाले चासो नदिएको बताए ।
सार्वजानिक शौचालय हेरचाह तथा सरसफाइ गर्दै आएका राजेन्द्र कामीले भने, ‘कोरोनाका कारण चैत १२ गतेदेखि शौचालय बन्द गरेको हुँ, आजभोलि पानी आउँदैन, पानी नभएकाले शौचालय बन्द गरिएको छ ।’ खानेपानी कार्यालय र नगरपालिकामा पानी अभाव भएको जानकारी गराए पनि कुनै पहल नभएकाले शौचालय बन्द गर्नुपरेको उनले बताए ।
यता जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भने, ‘ट्यांकीमा पानी नचढ्ने समस्या भएको छ । हामीले त्यसको विकल्प खोजिरहेका छौँ ।’ सदरमुकाम चैनपुरभित्रै दुईवटा नयाँ सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय भएकाले केह् िदिनमै काम सुरु हुने बताए । नयाँ शौचालय निर्माण भएपछि सार्वजनिक शौचालयको समस्या हट्ने उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया