Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभैरहवामा नयाँ एनसेल सेन्टर

भैरहवामा नयाँ एनसेल सेन्टर


काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यो सेन्टर सञ्चालनमा ल्याइएको हो ।

भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुबारे सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नलगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

नयाँ सेन्टर सञ्चालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कात्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहारस्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सात दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट २ सय रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि सात दिनको समयसीमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

त्यसैगरी पाँच सय र एक हजार रुपैयाँको ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि सात दिनसम्म मान्य हुने १ जीबी डेटा पाउनेछन् । आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्धताअनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया