Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिकामा

ग्लोबल आईएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिकामा


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुुई सय ६२ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७२ वटा जिल्लामा फैलिएको दुई सय ६२ शाखा सञ्जालसहित दुई सय ३८ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया