ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा कुबेतबाट पनि सुरू
काठमाडौं ।
ई–सेवा मनि ट्रान्सफर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी यूएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीहरूले यूएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा पैसा पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
नगदमा पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै ई–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा ई–सेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । साथै ई–सेवा वालेटमा पैसा पठाउँदा सात सय ५० फिल्स मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । यूएई एक्स्चेञ्जले छिट्टै नै ई–सेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ ।
रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र यूएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्णकुमार यछारथले हस्ताक्षर गरेका छन् । ई–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै ई–सेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । ई–सेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूकोे उद्देश्य रहेको ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया