कोभिड १९ कै कारण बैंकस्तरीय कारोबार घट्यो
काठमाडौं ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम घटेको छ । कोभिड १९ को नियन्त्रणको लागि निकै लामो समय मुुलक लकडाउन र निषेधाज्ञामा रहँदा आर्थिक गतिविधि लगभग सुस्त भएको थियो । सोही कारण यसको असर तथा वित्तीय संस्थाहबीच एक आपसमा हुुने अल्पकालीन अवधिको नगद कारोबार अर्थात् अन्तरबैंक कारोबारमा पनि परेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा लघुुवित्त संस्थाबाहेकका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले मात्र ३७ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र सात अर्ब ३८ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ३० अर्ब २४ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः तीन खर्ब ९५ अर्ब ८७ करोड र २९ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार गरेका थिए ।
सोही आधारमा चालू आवको भदौ मसान्तमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुुई दशमलव ७३ प्रतिशत रहेकोमा २०७७ भदौमा शून्य दशमलव १३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७६ भदौकोे एक दशमलव ६९ प्रतिशतको तुलनामा २०७७ भदौमा शून्य दशमलव शून्य आठ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ भदौमा नौ दशमलव ५३ प्रतिशत रहेकोमा २०७७ भदौमा सात दशमलव ८३ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार २०७७ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ६१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव १८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ८० प्रतिशत र ११ दशमलव ९७ प्रतिशत रहेको मात्र रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- दोलखाका ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया