Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट ६६ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला संक्रमित

कोरोनाबाट ६६ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला संक्रमित


काठमाडौं
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार निकालेको तथ्यांकअनुसार दुई लाख दुई हजार तीन सय २९ जना पोजिटिभमध्ये एक हजार एक सय ७४ जनाको मृत्यु भएको छ भने एक लाख ६२ हजार दुई सय ४३ जना निको भएर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय १२ पुगेको हो ।

नेपालमा पुरुष संक्रमित ६६ प्रतिशत र महिला संक्रमित ३४ प्रतिशत रहेको मन्त्रालयको दाबी छ । एक लाख ३४ हजार तीन सय ७७ जना पुरुष संक्रमित हुँदा ६७ हजार नौ सय ५२ जना महिला संक्रमित भएका छन् । पुरुष घरबाहिर धेरै हिँड्ने र महिलाहरु कम हिँड्ने हुनाले संक्रमणको दर पनि कम भएको अनुमान गरिएको छ । बुधबारको रिपोर्टअनुसार पनि एक हजार सात जना महिला र एक हजार पाँच सय ६२ जना पुरुष संक्रमित भएका छन् ।

बुधबार काठमाडौं उपत्यकामा एक हजार दुई सय ६१ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये पनि महिला पाँच सय २८ जना र पुरुष सात सय ३३ जना रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा ११ हजार तीन सय ९३ जना, भक्तपुरमा एक हजार आठ सय १४ जना र ललितपुरमा एक हजार आठ सय ३१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बुधबार मात्र दुई हजार पाँच सय ६९ जना सक्रिय संक्रमित थप भएका छन् । उक्त दिन एक हजार छ सय ६६ जनाबाट मुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । दश हजार ८१ जनाको परीक्षण गर्दा उक्त संख्या थप भएको हो । नेपालमा कोरोनाको निको हुनेको दर ८० प्रतिशत रहेको छ । प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको संख्या प्रदेश १ मा चार हजार सात सय ४७, प्रदेश २ मा ९ सय ५२, वाग्मती प्रदेशमा १८ हजार ९ सय ३९, गण्डकी प्रदेशमा दुई हजार १ सय २१, लुम्बिनी प्रदेशमा ४ सय ४, कर्णाली प्रदेशमा ३ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९३ रहेको छ ।

देशभरमा गरी बुधबारसम्म ३ सय ८२ संक्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा ४६, प्रदेश २ मा १२, वाग्मती प्रदेशमा १ सय ७१, गण्डकी प्रदेशमा ६९ र लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १५ संक्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ६०, गण्डकी प्रदेश ११ र लुम्बिनी प्रदेश छ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा संक्रमित पाँच सय बढी छन् भने मनाङमा शून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रे, चितवान, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, दाङ र कैलाली रहेका छन् । बुधबारसम्म मनाङमा एक जना पनि सक्रिय संक्रमित छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया