विद्युत् खपत बढेपछि सोलुखुम्बुमा लोडसेडिङ
सोलुखुम्बु ।
विद्युत् खपत बढेसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा दैनिक लोडसेडिङ सुरु भएको छ । विद्युत् सेवा प्रदान गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले दैनिक आधा घण्टाका दरले लोडसेडिङ गर्न थालेको हो । चिसो बढेसँगै विद्युत् खपत बढेकाले आइतबार साँझबाट दैनिक आधा घण्टा विद्युत् कटौती गर्न थालेकोे कम्पनीका महाप्रबन्धक कृष्ण प्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार पछिल्लो चिसो बढेपछि हिटर, वासिङ मेसिनलगायतका विद्युत् बढी खपत हुने उपकरणको प्रयोग बढेसँगै विद्युत् मेसिनले भार धान्न नसक्ने भएकाले विद्युत् कटौती गर्नुपरेको हो । कम्पनीले एक सूचना जारी गर्दै नजिकिँदै गरेको शुभ दीपावलीमा अझ विद्युत् खपत बढ्ने भएकाले विद्युतीय सामग्रीहरु मोटर, हिटर, फ्रिज, आइरन, वासिङ मेसिन, मिललगायतका उपकरण अनावश्यक रुपमा प्रयोग नगर्न कम्पनीले आग्रह गरेको छ ।
छ सय ३३ किलोवाट क्षमताको विद्युत् कम्पनीले हाल सल्लेरीसहित आसपासका करिब २२ सय घरधूरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । जाडोको समयमा विद्युत् खपत बढ्ने भए पनि अन्य समयमा भने विद्युत् पर्याप्त मात्रामा हुने आयोजनाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया