Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थापनाको दशकपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आफ्नै भवनमा

स्थापनाको दशकपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आफ्नै भवनमा


धन बहादुर जप्रेल
कञ्चनपुर ।
स्थापना भएको एक दशकपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै प्रशासनिक भवनमा सरेको छ । विश्वविद्यालयले हाल आफ्नै भवन निर्माण गरेको छ । ०६७ सालमा स्थापना भएको सुप विश्वविद्यालयको प्रशासनिक कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्रमा विश्वविद्यालयले एक तले पक्की भवन निर्माण गरेको छ । नयाँ पक्की भवनमा औपचारिक रुपमा कार्यालय सारिएको छ ।

बुधबार औपचारिक रुपमा नयाँ भवनमा कार्यालय सारिएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्द विष्टले औपचारिक रुपमा पक्की भवनमा सरिएको बताए । ‘विगतमा भाडाका भवनमा बस्दै आएका थियौँ’, रजिष्ट्रार विष्टले भने, ‘अब आफ्नै भवन निर्माण भएको छ ।’ ३५ कोठा, २ बैठक कक्षसहितको एक तले भवन निर्माण गरिएको थियो । १३ करोड लागतमा निर्माण भएको भवनमा अहिले केन्द्रीय कार्यालय सारिएको छ । ‘आफ्नै भवन निर्माण भएपछि दैनिक कामकाज प्रशासनिक सहज हुन्छ’, उनले भने, ‘अहिलेका लागि एक तले निकट भविष्यमै तीन तले निर्माण गछौँ ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले प्रशासनिक भवनसँगै आवास गृह बनाउने योजना रहेको बताए । बीएससी हर्बल साइन्सलगायतका योजना समेत अघि सारिएको उनले बताए । ‘थप कार्यक्रम सञ्चालन गर्छौँ’, उपकुलपति जोशीले भने, ‘भविष्यमा पूर्वाधारका क्षेत्र विस्तार गरेर योजना अघि बढाउँछौँ ।’ मासिक ६५ हजारमा भाडा तिरेर प्रशासनिक भवन सञ्चालन हुँदै आएको थियो । तत्कालीन नगरविकास समितिबाट १२ बिघा जमिन लिएको विश्वविद्यालयले ५ बिघा सालघारी र ७ बिघा जमिन निम्बुखेडा क्षेत्रमा रहेको छ । विश्वविद्यालयले आफ्नै भवनमा प्रशासनिक भवन निर्माणसँगै विश्वविद्यालय प्राध्यापक कर्मचारी हर्षित भएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सभापति वीर बहादुर सिंहले प्रशासनिक भवनसँगै ल्याबसहित इन्जिनियर, विज्ञानसहित अन्य विभागको भौतिक संरचना र पुस्तकालय, मेगा हललगायत बनाउनुपर्ने सुझाव दिए । सुप विश्वविद्यालय उपप्रशासक गोविन्द वल्लभ पन्तले भवन निर्माणसँगै प्रशासनिक काम कारबाहीमा सहज हुने बताए । ‘विगतमा एकै कोठामा दुई/तीन जना मिलेर कोचिएर काम गर्नुपथ्र्यो’, उनले भने, ‘अब सहज हुन्छ ।’ अहिलेका लागि प्रशासन र सेवा आयोगका कार्यालय हुने र दोस्रो तला बनिसकेपछि परीक्षा नियन्त्रणको कार्यालय समेत विस्तार हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया