इ–प्लुटो सेभेन जी विद्युतीय स्कुटर नेपालमा
काठमाडौं ।
इन्डियन विद्युतीय गाडी कम्पनी पियोर इभले आफ्नो नयाँ मोडल इ–प्लुटो सेभेन जी स्कुटर नेपाली बजारमा ल्याएको छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादस्थित यस विद्युतीय गाडी उत्पादक कम्पनी भारतीय बजारमा अग्रणी स्थानमा पर्दछ । इन्टरनेशनल सेन्टर अफ अटोमोटिभ टेक्नोलोजी (आईक्याट) बाट मान्यता प्राप्त पियोर इभले आउँदो सन् २०२२ सम्म नेपालको करिब १० प्रतिशत बजार ओगट्ने विश्वास गरेको छ ।
पियोर इभको इ–प्लुटो सेभेन जी मोडलको अधिकतम गति ६० केएमपीएच रहेकोे छ । साथै यसमा २.५ केडब्लुएच क्षमता भएको पोर्टेबल लिथियम आयन ब्याट्री रहेकोे छ जसले एक पटकको चार्जमा १०० केएमसम्म को यात्रा गर्न सकिन्छ भने यसको ब्याट्रीमा ४० हजार किमिसम्म वारेन्टी रहेको छ ।
पियोर इभकाका सीईओ रोहित भादेराले ह्वाइट लोटस मोटर्स, नेपालसँग सहकार्य गरी आफ्नो विद्युतीय गाडीहरु नेपाली उपभोक्ताहरुमाझ उपलब्ध गर्न पाउनु कम्पनीको महत्वपूर्ण उपलब्धि भएको बताए । आगामी दिनहरुमा आफ्नो नयाँ मोडलहरु नेपाली बजारमा ल्याउने उनले बताए । यसका साथै आगामी दिनमा साउथ एसिया, साउथ इस्ट एसिया र इस्ट अफ्रिकाका देशहरुमा पनि बजार विस्तारित गर्ने उनले बताए ।
उनले नेपालमा वार्षिक करिब १ हजार स्कुटर बिक्रीको लक्ष्य रहेको र नेपालको अरु पाँच सहरहरुबाट पनि आफ्नो विद्युतीय स्कुटर उपलब्ध हुने जानकारी दिए । इ–प्लुटो सेभेन जीकोको ब्याट्री र डिजाइन नेपाली बाटो सुहाउँदो रहेको बताइएको छ । कम्पनीको अनुसार इलेक्ट्रिकल्स स्कुटरहरुको बजार विस्तार आक्रामक रहनुको साथै सर्भिस स्टेशन तथा स्पेयर पाट्र्सको पनि सहज व्यवस्था गरिनेछ ।
ह्वाइट लोटस मोटर्स, नेपालका कार्यकारी अध्यक्ष अशोक खड्गीले पियोर इभसँगको सहकार्यमा वल्र्ड क्लास इलेक्ट्रिक टु ह्विलर नेपालको बाटो सुहाउँदो र नेपाली उपभोक्ताको रोजाइअनुसार रहेको बताए । आफ्नो उपभोक्तालाई हाई क्वालिटी वर्कशप र आफ्टर सेल्स सर्भिस पनि उपलब्ध गराइने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया