निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्छौँ : अर्थमन्त्री पौडेल
काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गरेर कोभिड–१९ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनरुत्थान गर्न सकिने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरु चलाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरे । उनले बजेटमा उल्लेख गरिएका राहत र पुनरुत्थानका कार्यक्रमहरुलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने बताए । अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाई आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री पौडेललाई २२ बुँदे सुझाव दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- दोलखाका ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि
- परिसंघका पूर्वउपाध्यक्ष मिश्रको निधन
- बैंकहरूले दुई महिनामा कमाए १७ अर्ब ६९ करोड
- सरकारी वित्त करिब पौने खर्ब घाटामा
- विश्व बैंकसँग दुई सय ८५ मिलियन अमेरिकी डलर ऋण लिने
- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाई तीव्र पारिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया