Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरलको सेयर सूचीकृत

लुम्बिनी जनरलको सेयर सूचीकृत


काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको आठ दशमलव १२ प्रतिशतको अनुपातमा आठ लाख ५८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लो पटक प्रतिकित्ता पाँच सय ३८ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको कम्पनीको बजार पुँजीकरण छ अर्ब १४ करोड २८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १४ करोड १८ लाख रुपैयाँबराबरको एक करोड १४ लाख १८ हजार कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया