स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैँले प्रवाह गरको सूचनाअनुसार कोरोना संक्रमणका सन्दर्भमा सरकारले चालेका कदम के कस्ता रहे भनी विशेष टोली नै खटाएर बुझ्न थालिएको छ । मन्त्रालयद्वारा गठित यस्तो टोलीमा मन्त्रालयले नै प्रमुख विशेषज्ञ भनी दर्जा दिएका व्यक्ति संयोजक छन् ।
बताइएअनुसार टोलीले स्थानीय तहमा पुगेर जनप्रतिनिधि र स्थानीयसँग छलफल गरी गुनासो संकलन गर्नेछ । त्यसपछि के गर्नेछ भन्नेचाहिँ बताइएको छैन । टोलीलाई दिइएको काम हेर्दा सरकार कोरोना रोकथामको सबै व्यवस्थापन स्थानीय तहको जिम्मेवारीमा रहेको भनी पन्छिन खोजेको जस्तो देखियो । यो टोलीले स्थानीय निकायबाट भइरहेको कन्ट्याक्ट ट्रेसिङ र होम आइसोलेसनको सञ्चालन प्रक्रिया त्यसको मात्र र त्यसप्रति आएका गुनासाहरु सुन्नेछ ।
टोली पमुखले नै भनेका छन्, संक्रमितको पहिचान र व्यवस्थापन हामीले बनाएको निर्देशिकाअनुसार भएको छ कि छैन ? स्थानीय तहको गुनासो के छ ? बुझिरहेका छौँ, हामीले बनाएको नीति सुधार गर्न स्थानीय तहबाट संकलन गरेको गुनासोले सहयोग पुग्नेछ । यहीँबाट अर्को प्रश्न उठ्छ यदि सरकारले गरेका काम गलत छन् भन्ने सुझाव आए भने त्यसलाई सच्याउन सरकार तयार छ ?
तर त्यस्तो देखिँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कामकुरा पछिल्ला दिन सबैभन्दा बढी आलोच्य भइरहेका छन् । ती आलोचना यस्तै विज्ञका रायबाट उत्पादन भएका हुनुपर्छ । पछिल्लो समय सरकारले कोरोनाको कुनै पनि पक्षमा नागरिकलाई सहयोग नगर्ने भनी जस्तो निर्णय भयो त्यो पनि त यस्तै विज्ञका रायबाट नै आएको हुनुपर्छ जो देशव्याप विरोधको क्रममा छ । सरकाले परीक्षण र उपचारलाई निःशुल्क नगर्ने भनी निर्णय गर्दाको आधार भनी स्वास्थ्यमन्त्रीले जनताले मागेअनुसार भनेका थिए । यसको अर्थ हो आफ्नो नालायकीपन लुकाउन जनताको राय भनी बताइएको बुझ्न सकिन्छ । यो अनुगमनमा कसैले पनि सरकारले शुल्क लिएर गर्न लागेको परीक्षण र उपचार पद्धतिको कतै पनि समर्थन गरेका छैनन् ।
काठमाडौंकै एक नगरपालिका मेयरले पैसा तिरेर मात्रै पीसीआर गर्नुपर्ने भएपछि कन्ट्याक्ट ट्रेसिङ रोकिएको जानकारी मन्त्रालयबाट आएको यो टोलीलाई गराएको बताएका छन् । तर यो शुल्कको निर्णय गर्ने पदाधिकारी थिए यिनै सुझाव संकलनमा खटिएका संयोजक । उनैले आफ्नो कमजोरी देखाइएको यस्तो प्रतिक्रियालाई जस्ताको त्यस्तै मन्त्रालयमा लान्छन् लाँदैनन् भन्ने प्रारम्भमा नै धेरैले शंका गरेका थिए ।
अहिलेको अमिल्दो कुरा हो बजेट सरकारसँग रहने र कामचाहिँ स्थानीय तहबाट गर्नुपर्ने भने । सरकारको काम यो काम यो ठाउँमा पनि सही देखिएन । उदाहरणका लागि राजधानीको बूढानीलकण्ठ नगरले होम आइसोलेसनमा बसेका संक्रमितलाई चार हजार दिने निर्णय गरेको थियो । तर पछि उसले धान्न नसकेर त्यो निर्णय कार्यान्वयनमा आएन ।
बजेट एकातिर र काम अर्कातिर भएको यो अवस्थाको पीडा भोग्ने आखिरमा नागरिक नै हुन् । सुरुमै पनि यसका केही उदाहरण कायम भएका छन् । राहत बाँड्ने काम स्थानीयको काम भनियो र बजेटचाहिँ केन्द्रमा राखियो । महामारी आफैँमा ठूलो विषय हो । त्यसमा सबै कुराको व्यवस्थापन चुस्त हुनुपर्छ । त्यसमा केन्द्रीय शासनले गर्ने कुरा वडाले गर्न नसक्ने पनि हुन्छन् । त्यसका थुपै उदाहरण छन् । जस्तो निजी अस्पतालले केन्द्रीय सरकारले दिएको आदेश त मानेनन् भने एउटा वडाले दिएका आदेश मान्लान् भनी पत्याउन सकिँदैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया