Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतेस्रो चिनियाँ एक्स्पो २०२० मा नेपालले जनाएन सहभागिता

तेस्रो चिनियाँ एक्स्पो २०२० मा नेपालले जनाएन सहभागिता


काठमाडौं ।
चीनमा भएको तेस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो (२०२०) मा नेपालले यस वर्ष सहभागिता जनाएन । राष्ट्रपति सि चिनफिङले उद्घाटन गरेको सो एक्स्पो नोभम्बर ५ देखि १० सम्म चलेको थियो । राष्ट्रपति सिले कोभिड १९ महामारीको असर लाखौँमा देखिनु र आर्थिक क्रियाकलापलाई समेत असर परेको बताउँदै एक्स्पोको उद्घाटन गरेका थिए भने नेपालले भने एक्स्पोमा सहभागिता जनाएन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस वर्षको एक्स्पोमा नेपाललाई निमन्त्रणा नभएको कारण तथा कोभिडको कारणले गर्दा सहभागिता नजनाएको जानकारी दिएको छ ।

आधिकारिक रुपमा एक्स्पोमा सहभागी हुनुको लागि चीनबाट कुनै पत्र आएको थिएन । त्यसैले गर्दा सरकारी तवरबाट कोही पनि सहभागी हुन नसकेको व्यापार तथा निकासी प्रवर्द्धनका एक अधिकारीले बताए । प्रक्रियाअनुरुप एक्स्पोमा भाग लिनको लागि चिनियाँ पक्षबाट नेपालको उद्योग तथा वाणिज्यमन्त्रीलाई निमन्त्रणा आउने गथ्र्यो । चीनले आमन्त्रण नगरेको विषयमा भने नेपाली पक्षलाई कुनै जानकारी नरहेको बताइएको छ ।

अधिकारीका अनुसार एक्स्पोमा सहभागी भए नेपालले आफ्नो व्यापार, लगानी र पर्यटनको बारेमा जानकारी गराउने अवसर मिल्थ्यो भने यसअघि पनि एक्स्पोमा सोही कुराको जानकारी गराउने गर्दै आएको पाइन्छ । चीनले एक्स्पोमा आमन्त्रण गरेसँगै उसले नेपालको लागि उसकै लागतमा स्टल निर्माण गरिदिनेलगायतको व्यवस्था गर्ने गरेको पाइन्छ । चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई)का अनुसार नेपालको सहभागी नभएको उक्त एक्स्पोमा ९० भन्दा बढी मुलुक सहभागी थिए ।

यसअघि सन् २०१९ मा भएको एक्स्पोमा भने नेपालको तर्फबाट मन्त्रालयका सचिव वैकुण्ठ अर्यालसहितको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो भने सो समयमा नेपालको मौलिक विशेषतायुक्त कन्ट्री प्याभिलियन निर्माण गरी चीन निकासी हुने हस्तकलाका सामान (धातुका मूर्ति, नेपाली हातेकागजका उत्पादन, थान्का, पस्मिना, फेल्टजन्य वस्तुहरू, चाँदीका गहना, झोला), जुत्तालगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया