राजनीतिक खिचातानीले खानेपानी सञ्चालनमा ढिलाइ
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ र २ मा राजनीतिक खिचातानीका कारण खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ । वि.सं. २०७४ सालमा सुरु भएको खानेपानीको योजनाको समय तीन वर्ष बितिसक्दा समेत सञ्चालन हुन नसकेको हो । राजनीतिक कारणले आयोजना सञ्चालनमा ढिलाइ भएको स्थानीयले बताएका छन् ।
स्थानीय विनोद बस्नेतका अनुसार खानेपानी सञ्चालनमा राजनीतिक खिचातानीसँगै दुवै पक्षले आफ्नो दायित्व के हो र के गर्नुपर्ने भनेर नबुझ्दा काममा ढिलासुस्ती भएको बताए । तीन वर्ष बितिसक्दा समेत कामको कुनै सुरसार नचल्दा स्थानीयले स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएको बताइएको छ । स्थानीयको आशामा तुसारोपात भएको अर्का स्थानीय छिरिङ शेर्पाको गुनासो छ ।
संघीय सरकारबाट आर्थिक वर्ष २०७४/०७५ मा खानेपानी आयोजनाका लागि सात करोड रकम विनियोजन भएको थियो । पार्टीगत रुपमा समस्या उत्पन्न भएको कारण उपभोक्ता समिति गठनमा नै ढिलाइ भएको बताइएको छ । आयोजनाको जस कसले लिन भन्ने विषयमा कुरा नमिल्दा समस्या भएको वडा नम्बर २ का अध्यक्ष रमेश बस्नेतले बताए ।
वि.सं. २०७६ सालमा उपभोक्ता समिति गठन गरिए पनि कोरोना भाइरसका कारण काम हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । गोली खानेपानी आयोजना उपभोक्ता समितिले जिम्मा पाएको योजनाको काम कात्तिक १७ गते बसेको बैठकमा निर्णय गरी कात्तिक २१ गतेबाट सञ्चालन भएको उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र बस्नेतले बताएका छन् । पञ्चवर्षीय योजना भएकाले खानेपानीको काम अबको दुई वर्षभित्र सम्पन्न गरिसक्ने समितिका अध्यक्ष बस्नेतको भनाइ छ । छोविङटारको मुहान हुँदै ल्याइने खाने पानीबाट वडा नम्बर १ र २ का ६ सय घरधूरी लाभान्वित हुनेछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया