भीमदत्त र नेपाल बैंकबीच विना धितो ब्याजमा सहुलियत कर्जा दिने सम्झौता
धन बहादुर जप्रैल
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालनका लागि सहुलियत ऋण उपलब्ध गराउने भएको छ । नगरका बेरोजगार युवाका लागि मेयर उद्यमशीलता विकास कार्यक्रममार्फत उद्यम गर्न चाहने युवायुवतीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको हो ।
नगरपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि विना ब्याज, विना धितो कर्जा उपलब्ध गराउने जनाएको छ । ‘समाजवाद उन्मुख अर्थतन्त्र विकासको आधारविना धितो विना ब्याज ऋण समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेडसँग बिहीबार सम्झौता गरिएको छ ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट र नेपाल बैंक लिमिटेडका प्रबन्धक कमल बहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले सहुलियत कर्जा प्रवाहका लागि नगरपालिका र बैंकबीच सम्झौता भइसकेको सन्दर्भमा कार्यक्रम छिट्टै लागू हुने बताए । ‘यो ऐतिहासिक कार्य भएको छ’, उनले भने, ‘विना धितो, ब्याज दरमा काम गर्न चाहनेका लागि ऋण उपलब्ध गराइनेछ ।’
नेपाल बैंक लिमिटेडका प्रबन्धक कमल बहादुर चन्दले सम्झौता भएकाले कात्तिक पहिलो सातादेखि नै लागू गरिने बताए । उनका अनुसार बेरोजगार युवायुवतीले उद्यम बन्नका लागि एक लाखदेखि पाँच लाखसम्म ऋण विना धितो र ब्याजमा सहुलियतमा पाउने बताए । ‘यो कार्यक्रम लागू भएपछि बेरोजगार युवा लाभान्वित हुन्छन्’, उनले भने, ‘काम गर्ने र उद्यम बन्नेहरुका लागि कार्यक्रम प्रभावकारी हुन्छ ।’ पुरुषका लागि ३ दशमलव ५ प्रतिशत नगरपालिका र ५ सरकारले ब्याज व्यहोर्छ भने महिलाका हकमा ६ प्रतिशत सरकार र २ दशमलव ८ प्रतिशत नगरपालिकाले व्यहोर्छ । ऋणको ब्याज सरकारले व्यहोर्छ’, उनले भने, ‘ऋषि स्वयंले सावाँ मात्रै भुक्तानी गर्नुपर्छ ।’ भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आत्मनिर्भर बन्नका लागि सहुलियत कर्जा कार्यक्रम ल्याएको बताए ।
कर्जा प्रवाह गैरकृषि, कृषि, उद्यमशीलता प्रवद्र्धनका लागि भएको बताउँदै मेयर विष्टले एकीकृत ब्याज अनुदान दिइने बताए । उद्यम प्रवद्र्धन निर्देशिका र मेयर उद्यशीलताका निर्देशिकाअनुरुप कर्जा प्रवाह गरिने बताए । कृषि सम्भावना बोकेको नेपालमा कृषि पशुपालन, व्यवसायीकरण गर्दै आयात घटाउने, रोजगारी बनाउने र निर्यातका लागि कार्यक्रम ल्याएको बताए ।
‘कार्यक्रममार्फत बेरोजगारी अन्त्य र आत्मनिर्भर बनाउनेछ’, मेयर विष्टले भने, ‘समाजवादमा श्रम, उत्पादन, लगानी र बजारीकण गर्नुपर्छ ।’ निजी क्षेत्रले समेत कार्यक्रमबाट बेरोजगारी अन्त्य हुने बताएका छन् । विना ब्याज र धितोमा सहुलियत कर्जा उपलब्ध गराउने पहिलो पालिका भन्दै निजी क्षेत्रका आभार प्रकट गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले कार्यक्रम गरिखाने वर्गसम्म पुग्नुपर्नेमा जोड दिए । सम्झौता हस्ताक्षर कार्यक्रममा सम्झौतापत्र वाचन गर्दै भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिंह धामीले सहुलियत ऋण उपलब्ध गराउनदेखि नतिर्नेबाट असुलसम्म गरिने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया