ओप्पोले नोभेम्बर १७ मा इन्नो डे २०२० को आयोजना गर्ने
काठमाडौं ।
ओप्पोले आफ्नो वार्षिक ओप्पो इन्नो डे यही नोभेम्बर महिनाको २७ तारिखका दिन चीनको शन्चनमा ‘लिप इन्टू द फ्युचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले इन्टरनेट अफ एक्स्पेरियन्सको यो युगमा ओप्पोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।
ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनका साथै ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिचर्स इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन् । किनोटमार्फत दुवैले नयाँ युगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेस फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन् ।
सन् २०१९मा पहिलोपटक आयोजित ओप्पो इन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तर्दृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ । पछिल्लो वर्ष ओप्पोले इनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो । यस वर्ष सो अवधारणालाई परिष्कृत गर्दै इन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओप्पोको उद्देश्य रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया