१० दशमलव ८२ अंकले उक्लियो सेयर बजार
काठमाडौं ।
सेयर बजार परिसूचक पुन उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक १० दशमलव ८२ अंकले उकालो लागेर १७ सय १८ दशमलव ४९ अंकमा चढेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दशमलव ३७ अंकले उकालो लागेर तीन सय ३८ दशमलव ८९ अंकमा चढेको छ । यसदिन एक १२ वटा समूह मध्येबाट एक सय ९८ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार ५५ हजार आठ सय ९१ पटकको कारोबारमा एक करोड ३८ लाख ८९ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार पाँच सय ५१ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १२ वटा समूहको सेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा समूहको सूचक उकालो लागेका छन् भने सात वटा समूहको सूचक ओरालो लागेका छन् ।
बाँणिज्य बैंक समूहको सूचक आठ दशमलव ३३ अंकले उकालो लागेर १३ सय १९ दशमलव १७ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५५ दशमलव ४४ अंकले उकालो लागेर आठ हजार आठ सय ३० दशमलव २९ अंकमा चढेको छ । यी बाहेक ट्रेडिङ , अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश एक सय ६४ दमसलव ७१, १९ दशमलव १९ र शून्य दशमलव शून्य दुई अंकले उकालो लागेका छन् । बिकास बैंक समूहको सूचक भने छ दशमलव ३८ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव ६२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ३९ दशमलव ४६ अंकले ओरालो लागेर १० हजार दुई सय १८ दशमलव ८० अंकमा झरेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक पनि आठ दशमलव ३४ अंकले ओरालो लागेर १४ सय ४३ दशमलव १६ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि पाँच दशमलव ३९ अंकले ओरालो लागेर दुई हजार सात सय चार दशमलव ५३ अंंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः १२ दशमलव चार, तीन दशमलव ६७ र २६ दशमलव ७९ अंकले ओरालो लागेका छन् । यस दिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर २७ सय ५२ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच हजार नौ सय ८९ रुपैयाँमा किनबेच भएको छ । यी नाडेप लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गणपती लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले घटेर आठ सय ३४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार दशमलव ६२ प्रतिशतले घटेर एक सय ४५ रुपैयाँमा किनबेच भएको छ । यी बाहेक आईसीएफसी फाइनान्स, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनी परेको छ । उक्त कम्पनीको प्रतिकित्ता नौ सय ८१ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ६७ लाख १५ हजार नौ सय ४६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिमको पनि प्रतिकित्ता नौ सय ३७ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड १० लाख ७३ हजार नौ सय ८९ रुपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक प्रमुख बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया