मुक्तिनाथ विकास बैंकद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफ डब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । बैंकका अनुसार ग्रामीण क्षेत्रमा लघु उद्यम कर्जाको विस्तार गर्नको लागि उक्त सम्झौता गरिएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
जर्मन सरकार समर्थित परियोजना ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २ नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ । लघु, साना तथा मझौला उद्यमको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम् भूमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।
परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अतिप्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म) प्रदान गर्नेछ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तीय पहुँच प्रदान गरी लघु, साना तथा मझौला उद्योगको माध्यमबाट दिगो तथा समतामूलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ । विकास बैंकहरुमध्ये अग्र पंक्तिमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा एक सय ३८ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएम काउन्टरबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया