Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपीसीआर परीक्षण गराउनेको संख्या नै घट्यो

पीसीआर परीक्षण गराउनेको संख्या नै घट्यो


काठमाडौं ।
पछिल्लो समयमा कोरोना परीक्षण गराउनेको संख्या घटेको छ । तिहारको कारण परीक्षण गराउनको संख्या घटेको हो । कोरोना भाइरस सङ्क्रमित सङ्ख्यामा पनि कमी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा तीन हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २ सय ४ जना महिला र २ सय ९८ जना पुरुष रहेका छन् ।

सोमबार ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ९७ जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४ सय ७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९ सय ८६ सक्रिय सङ्क्रमित रहेका छन् । मंगलबार देखिएका सङ्क्रमितमध्ये ३ सय ३९ जना उपत्यकाका छन् । तीमध्ये १ सय ४६ जना महिला र १ सय ९३ जना पुरुष छन् । प्रदेश नं. १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आईसीयू)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आईसीयूमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।

त्यस्तै मंगलबार २ हजार ८७८ जना सङ्क्रमित निको भई घर फर्किएका छन । अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ । मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट १७ जनाको निधन भएको छ । अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् । शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पीसीआर परीक्षण भएको हो । सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेशबाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण भइसकेको छ भने मंगलबार डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो । उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया