Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल भित्रियो ‘भेन्चुरिनी’ ब्रान्ड, एक वर्षभित्र देशका १० सहरमा विस्तार गरिने

नेपाल भित्रियो ‘भेन्चुरिनी’ ब्रान्ड, एक वर्षभित्र देशका १० सहरमा विस्तार गरिने


काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो । काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ । कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन् । एसियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो । उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउँदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन् ।

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताएका छन् । ‘फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउनेछौँ’, थापाले भने । नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु-याइनेछ । एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिनेछ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिनेछ ।’

इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिनसक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए । ‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ’, बख्रेलले भने । कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया