ई–सेवा मनि र केएमई रेमिट्यान्सबीच सम्झौता
काठमाडौँ ।
ई–सेवा मनि ट्रान्सफर र हङकङको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी केएमई रेमिट्यान्सबीच रेमिट्यान्स सेवा सुरु भएको छ । सम्झौतापश्चात् हङकङमा रहेका नेपालीहरूले केएमई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपालभर रहेका आठ हजारभन्दा धेरै ई–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा ई–सेवावालेट एपमार्फत पनि प्राप्त सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएमई रेमिट्यान्सले छिटै नै ई–सेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक– अजेश कोइराला र केएमई रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । ई–सेवाले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रकम भित्र्याउँदै आएको छ । ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूको उदेश्य रहेको ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया