सानिमा बैंकको १६औं साधारणसभा सम्पन्न, १३ दशमलव ६० प्रतिशत लाभांश पारित
काठमाडौँ ।
सानिमा बैंकले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र सेयरधनीहरू सभामा प्रत्यक्ष उपस्थित भई बाँकी सेयरधनीहरूको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरी बैंकले शुुक्रबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र तीन दशमलव ६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ७८ करोड रुपैयाँ मुनाफा गरेको बैंकको कुल सम्पत्ति एक खर्ब २६ अर्ब ३१ करोड र कुल निक्षेप एक खर्ब १० अर्ब १० करोड रुपैयाँ तथा खुद कर्जा सापटी ९३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १९ दशमलव ३० प्रतिशत, १२ दशमलव २९ प्रतिशत र १५ दशमलव ८१ प्रतिशतले वृद्धि गरेको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने ३७ करोड ३२ लाख ५५ हजार तीन सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५९ करोड ३६ लाख एक हजार छ सय २२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८० हजार नौ सय ८४ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब आठ अर्ब २५ करोड ९५ लाख नौ हजार सात सय ६३ रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब ६२ करोड ६१ लाख ५४ हजार छ सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९७ करोड ६६ लाख ३७ हजार दुई सय ४४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने १० करोड २३ लाख चार हजार दुई सय ६२ रुपैयाँले ऋणात्मक रहेको छ ।
यस अवधिमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४० प्रतिशत रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ६१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब सात अर्ब २५ करोड दुई लाख दुुई हजार छ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड तीन लाख ५१ हजार तीन सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १४ करोड ५० लाख ४८ हजार आठ सय १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया