इथियोपियाको टिग्रेमा जारी सैन्य कारबाही नरोकिने प्रधानमन्त्री अबियको भनाइ
नैरोबी ।
इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सशस्त्र संघर्ष जारी रहेको उत्तरी टिग्रेमा जारी सैन्य कारबाही नरोकिने बताएका छन् । उत्तरी टिग्रेको क्षेत्रीय सरकारले स्थानीय विद्रोहीलाई मद्दत गरेको भन्दै इथियोपिया सरकारले त्यस क्षेत्रमा दुई सातादेखि भीषण सैन्य कारबाही जारी राखेको छ । प्रधानमन्त्री अबियले मंगलबार सामाजिक संजालमा लेख्दै टिग्रे क्षेत्रका नेताहरुलाई तीन दिनको समयावधि दिएको बताएका छन् ।
गत वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त प्रधानमन्त्री अबियले संवादका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको अनुरोधलाई अस्वीकार गरिरहेका छन् । हर्न अफ अफ्रिका नाम दिइएको टिग्रेमा जारी युद्धबाट छिमेकी मुलुक इरिट्रियामा पनि असर परेको छ । युद्धबाट बच्न २७ हजार भन्दा बढी इथोयोपियाली शरणार्थीहरु सुडानतर्फ भागेका छन् । राष्ट्रसंघीय निकायका प्रवक्ता बाबर बलोचले युद्धबाट त्रस्त व्यक्तिहरु दैनिक झण्डै चार हजार शरणार्थीका रुपमा अन्यत्र भागिरहेको बताए ।
इथियोपियामा जारी युद्धप्रति निकै चिन्तित देखिएका उगान्डा र केन्या समेतका मुलुकले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेका छन् । तर अबियको सरकारले टिग्रेको क्षेत्रीय सरकार गैरकानुनी रहेको बताउँदै आउनु भउको छ किनभने टिग्रेको सरकारले गत सेप्टेम्बरमा जबर्जस्ती स्थानीय निर्वाचन गराएको थियो । इथियोपियाको संघीय सरकारले मंगलबार टिग्रेको क्षेत्रको राजधानी मेकेले बाहिर नयाँ हवाई आक्रमण गर्ने बताएको छ । टिग्रेको टेलिभिजनले पनि आवासीय क्षेत्रमा बमबारी गरेको दृश्य प्रसारण गरेको छ । (रासस–एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया