दिल्लीको वायुको गुणस्तर खस्कियो
नयाँदिल्ली ।
भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३ सय ३० पुगेको थियो ।
यसअघि २४ घण्टा अगाडि ३ सय १४ एक्युआई देखिएको थियो । छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०, नोएडामा ३३१, ग्रेटर नोएडामा ३२९ र गुडगाउँँमा ३२८ एक्युआई देखिएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदूषण हुने गरेको जनाएका छन् ।
वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदूषित सहरको रुपमा चिनिँदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया