Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबर्डफ्लु नियन्त्रण गर्न डेनमार्कमा हजारौं कुखुरा मारियो

बर्डफ्लु नियन्त्रण गर्न डेनमार्कमा हजारौं कुखुरा मारियो


डेनमार्क ।
बर्डफ्लुको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौँ कुखुरा मारिएको छ । देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्लु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो । दुईवटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ ।

डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको सुरुमा यसअघि पनि बर्डफ्लुको संक्रमण देखिएको थियो । यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुनः फैलिन थालेको छ । विशेष गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिनेलगायतका उच्च सतर्कता अपनाउने गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया