जोन्सनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश
लन्डन ।
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब छ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ ।
अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जोन्सनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए । उनले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए । फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो ।
साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहे का डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरसविरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट नभइसकेको बताए । फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए । बेलायतमा जान्सेनसहित छवटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया