Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई महाविद्यालयको रूपमा सञ्चालन गर्ने तयारी

पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई महाविद्यालयको रूपमा सञ्चालन गर्ने तयारी


महेन्द्र शाही
सोलुखुम्बु ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुमा नै पर्वतारोहणसम्बन्धी कक्षा सञ्चालन गर्ने बताएका छन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको मंगलबार निरीक्षणका क्रममा मन्त्री भट्टराईले पर्वतारोहण तथा पर्यटन अध्ययन प्रतिष्ठानसम्बन्धी विधयेयक संसद्मा चाँडै पेश हुने समेत जानकारी दिए । विधेयक पास भएपछि विश्वविद्यालय सञ्चालन आउने बताइएको छ ।

मन्त्री भट्टराईले विधेयक पास गरी प्रतिष्ठानलाई महाविद्यालयको रूपमा सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी दिए । गार्मामा करिब तीन हजार रोपनी क्षेत्रफलमा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बारेमा व्यवस्थापन समितिसँग तत्काल छलफल गरी अन्य आवश्यकीय कार्यहरू अघि बढाउने उनको भनाइ छ ।

पूर्वाधार निर्माण भईसके पनि विद्यार्थीहरू काठमाडौँमा अध्ययन गरिरहेको अवस्थामा उनीहरूलाई गार्मामा नै बसेर अध्ययन गर्ने वातावरण तयार गर्न पर्यटन मन्त्रीको स्थलगत निरीक्षण भ्रमणले आशा जगाएको छ । पर्यटन मन्त्रीको निरिक्षण भ्रमणको क्रममा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रतिष्ठानको वर्तमान अवस्था र गरिनुपर्ने कार्यका बारेमा जानकारी दिए ।

सचेतक राजभण्डारीले जग्गाधनीले पाउनुपर्ने मुआब्जासमेत पाउन नसकेको बताएपछि मन्त्री भट्टराईले समस्या चाँडै समाधान हुने आश्वासन समेत दिए । राजभण्डारीले प्रतिष्ठानको नाममा काठमाडौवाट काम हुनु संघीयताको मर्मविपरीत भएको भन्दै प्रतिष्ठानलाई उद्देश्यअनुरूप सञ्चालन गर्न सके सोलुखुम्बुको तल्लो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने बताए ।

मन्त्री भट्टराई समक्ष स्थानीयले लामो समयदेखि प्रतिष्ठानको भौतिक संरचना निर्माणको क्रममा मात्रै रहनु दुःखद भएको गुनासो गरेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माण भएको पर्यटन सूचना केन्द्रको उद्घाटन र तेन्जिङ हिलारी विमानस्थललगायतको अवलोकनपश्चात् मन्त्री भट्टराई मंगलबार विहान हेलिकोप्टरमार्फत लुक्लाबाट गार्मा आएका थिए । पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्मामा यतिको सालिकसमेत निर्माणको क्रममा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया