Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा थ्रीएनएक्स प्रविधि विकास नीति सार्वजनिक

ओप्पोद्वारा थ्रीएनएक्स प्रविधि विकास नीति सार्वजनिक


काठमाडौं ।
‘लिप इन्टु द फ्युचर’ अवधारणाका साथ ओप्पोले चीनको शन्चनमा ओप्पो इन्नो डे २०२० को आयोजना सम्पन्न गरेको छ । पछिल्लो वर्ष इन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यसपटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ र ‘भच्र्युअस इन्नोभेसन’, परिष्कृत अवधारणाका साथ पहिलोपटक ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो । कार्यक्रममार्फत ओप्पोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्यान्डसेट, ओप्पो एक्स २०२१, ओप्पो एआर ग्लास २०२१ र ओप्पो साइबरियल एआर एप्लिकेसन पनि पहिलोपटक प्रदर्शित गरेको छ ।

ओप्पो इन्नो डे २०२० मा बोल्दै ओप्पोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले आफ्नो ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीतिमार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रवर्तन पस्किने दृढता व्यक्त गरे । ओप्पो ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ मा विश्वास गर्छ र कर्पोरेट नवप्रवर्तनको एक मात्र उद्देश्य उपभोक्ता हुनुपर्ने सोच राख्छ ।

ओप्पोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना व्यक्त गर्न सकून् भन्ने सोचका साथ काम गरेको उनले बताए । यही उद्देश्यका साथ ओप्पोको दीर्घकालीन विकासका लागि ‘थ्री+एन+एक्स’ प्रविधि विकास नीति अघि सारेको उनको भनाइ छ । यसमा रहेका थ्रीले तीन अन्तर्निहित प्रविधिहरु हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनिधित्व गर्छ । यिनले ओप्पोलाई आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकीकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउँछ । ‘एन’ले ओप्पोका एआई, सेक्योरिटी र प्राइभेसी, मल्टिमिडिया र इन्टरकनेक्टिभिटीलगायत आवश्यक क्षमताका संख्याको प्रतिनिधित्व गर्छ । त्यसैगरी, ‘एक्स’ले अग्रगामी धार र पृथक् प्रविधि तथा रणनीतिक स्रोतजस्तै फ्ल्यास चार्ज प्रविधिलगायतको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।

कार्यक्रममार्फत नै ओप्पोले तीन अवधारणा उत्पादनहरु पनि सार्वजनिक गरेको थियो । तिनले मानव–प्रविधि अन्तत्र्रिmया र भविष्यको प्रविधि अन्वेषणसम्बन्धी सबै सम्भावना प्रदर्शन गर्छन् । ओप्पो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओप्पोको फ्लेक्सिबल (लचकदार) डिस्प्ले र स्ट्रक्चरल (संरचनात्मक) स्ट्याकिङअन्तर्गत प्रयोगकर्तालाई थप प्राकृतिक अन्तर्क्रिया अनुभव दिने नयाँ सफल प्रविधिको प्रतीक हो । प्रदर्शित कन्सेप्ट ह्याण्डसेटले ओप्पोको स्वामित्वमा रहेका तीन प्रविधिहरु, रोल मोटर पावरट्रेन, २ इन वान प्लेट र स्व–विकासित -याप ट्रयाक हाई स्ट्रेन्थ स्क्रिन लेमिनेट समाहित गरेको छ । यसमा रहेको कन्टिन्यूओसली भ्यारिएबल ओलेड डिस्प्लेका कारण फोनले ६.७ इञ्चसम्म सानोदेखि ७.४ इञ्चसम्म ठूलो मापन गर्न सक्छ ।

फलस्वरुप प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार डिस्प्लेको आकार समायोजन गर्न पाउँछन् । कम्पनीका अनुसार ओप्पो एआर ग्लास २०२१ले डिजिटल जगतमा ओप्पोको छलाङको सफल प्रतिनिधित्व गर्छ । अत्याधुनिक स्प्लिट डिजाइन समायोजित ओप्पो एआर ग्लास २०२१ कम्प्याक्ट र अल्ट्रा लाइट छ । यो उपकरण पछिल्लो संस्करणका तुलनामा ७५ प्रतिशत हल्का छ । ओप्पो एआर ग्लास २०२१को निर्माणमा बर्डबाथ अप्टिकल सोलुसनको प्रयोग गरिएको छ । ओप्पो एआर ग्लास २०२१मा स्टेरियो फिशआई क्यामेरा, एउटा टीओएफ सेनसर र एउटा आरजीबी क्यामेरासहितको डाइभर्स सेन्सर जडान गरिएको छ । यसले प्रयोगकर्तालाई एआर जगतमा सटिक र प्राकृतिक अनुभव प्राप्त हुन्छ ।

कम्पनीका अनुसार रियल–टाइमको स्पेसियल क्याल्कुलेसन प्रविधिद्वारा सञ्चारित साइबरियल एआर एप्लिकेसनले सटिक स्थानीयकरण र दृश्य चिन्ने क्षमता बोकेको छ । यसलाई थप रोमाञ्चक बनाउन सटिकरुपमा वातावरण निर्माण (सेन्टिमिटरसम्म), तत्समय सटिक स्थानीयकरण र ओप्पो क्लाउड गरी आपोका तीन मुख्य प्रविधिले समेत सुसज्जित गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई दृष्टिकोण निर्माण र वास्तविक संसारको पहिचान गर्ने कार्यमा थप सहयोग मिल्ने कम्पनीको भनाइ छ ।

ओप्पो इन्नो डेको आयोजना लगातार दुई वर्ष सफलतापूर्वक भइसकेको छ । समारोहमा बोल्दै टोनी छन्ले उत्कृष्ट नवप्रवर्तनका माध्यमबाट दयाले भरिपूर्ण विश्वको निर्माण गर्नु ओप्पोको चाहना रहेको बताए । ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ अवधारणाबाट प्रेरित ओप्पोले मानव र प्राविधिक नवप्रवर्तनबीच एकीकृत रुप दिँदै प्रयोगकर्तालाई समयानुकूल व्यक्तिगत प्राविधिक अनुभव पस्कने प्रयास गरिरहने जानकारी दिइएको छ । भविष्यमा पनि ओप्पोले आफ्ना पार्टनर्ससँग सहकार्य गर्दै मानवीय प्रविधिको उज्वल भविष्यका लागि काम गरिरहने जानकारी दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया