काठमाडौं ।
बिहीबार एकैदिन कोरोनाबाट संक्रमण हुनेभन्दा कोरोनाबाट मुक्त हुनेको संख्या सात सय ५५ जना बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार दुई हजार एक सय तीन जनामा कोरोना देखिएको छ भने दुई हजार आठ सय ५८ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् । १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । बिहीबार नौ हजार आठ सय पाँच जनाको परीक्षण गरिएको थियो ।
आठ सय ६४ महिला र एक हजार दुई सय ३९ पुरुषलाई कोरोना देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या एक लाख ८५ हजार छ सय ३८ पुगेको छ । निको हुने दर ८६ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।अहिले देशभर २८ हजार १ सय ६ सक्रिय संक्रमित छन् । देशभर ७ सय १७ जना क्वारेन्टिनमा र २५ हजार ३ सय ४७ होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ३ सय ८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । बिहीबार मात्रै काठमाडौँ उपत्यकामा एक हजार २ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५ सय १३ महिला र ७ सय १६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा १२ हजार ४ सय ४१, ललितपुरमा दुई हजार २ सय ४४ र भक्तपुरमा ९८९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त
- गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान
- एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
- अपराधलाई संरक्षण गर्ने गलत अभ्यास
- आज फेरि बढ्यो सुनको मूल्य
- प्रहरीद्वारा भन्सार छली भित्र्याइएका सामान बरामद
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया