Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग वाणिज्य महासंघ निर्वाचन

उद्योग वाणिज्य महासंघ निर्वाचन


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रदेश नम्बर १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । राउत महासंघको प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत हुन् । महासंघको केन्द्रीय सदस्यका लागि सात प्रदेशका लागि एक/एक वटा कोटा छुट्ट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । केन्द्रीय सदस्यका अन्य उम्मेदवारहरू उमेश घिमिरे, राजू लयालु, गजेन्द्र भगतले उम्मेदवाारी फिर्ता लिएपछि राउत महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

२० वर्षदेखी उद्योग बाणिज्य क्षेत्रमा सक्रिय रहेका राउत अन्नपूर्ण सिमेन्ट, राउत कन्ट्रक्सन, सांग्रिला फुटवयेर, शिवम् सिमेन्टका सञ्चालक समेत हुन् । साथै उनले विराटनगरमा नै पहिलो पटक पाँचतारे होटल सञ्चालनको तयारी समेत थालेका छन् । राउत हेभी इक्वीमेन्ट, पेट्रोलियम पदार्थको बिक्रेता समेत हुन् । उनले सिन्धुली र हेटौँडामा चुनढुङ्गा माइनिङ समेत सञ्चालन गरेका छन् । साथै उनले यसअघि मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष भएर समेत काम गरिसकेका छन् ।

यसैगरी महासंघको केन्द्रीय सदस्यमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दिप अग्रवाल पनि सर्वसम्मत चयन भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । उनीहरू दुवै जनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया