Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सेले कायम ग-यो नयाँ रेकर्ड

नेप्सेले कायम ग-यो नयाँ रेकर्ड


काठमाडौं ।
नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । अघिल्लो दिन २३ दशमलव ३२ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ३६ दशमलव ३२ अंकले उकालो लागेर १७ सय ७८ दशमलव १२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन चार दशमलव ९८ अंकले उकालो लागेर तीन सय ४३ दशमलव सात अंकमा चढेको छ ।

यसदिन कुुल एक सय ९८ कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ५६ हजार तीन सय ४१ पटकको कारोबारमा एक करोड ४० लाख ६२ हजार पाँच सय सात कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही आधारमा यसदिन कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । यसदिन कुल छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएकोमा सबै समूहको सूचक उकालो लाग्दा सेयर बजार पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ७१ अंकले उकालो लागेर १३ सय २२ दशमलव ४८ अंकमा चढ्दा बिकास बैंक समूहको सूचक पनि २८ दशमलव ९९ अंकले उकालो लागेर दुई हजार ९८ दशमलव ९२ अंकमा चढेको छ । जलबिद्युुत समूहको सूचक पनि २१ दशमलव ६३ अंकले उकालो लागेर १४ सय ४८ दशमलव सात अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ४६ दशमलव ३८ अंकले उकालो लागेर २६ सय ६९ दशमलव १८ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ९९ दशमलव १६ अंकले उकालो लागेर नौ हजार छ सय १० दशमलव ६३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि तीन सय ७६ दशमलव १५ अंकले उकालो लागेर ११ हजार एक सय २६ दशमलव ८६ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ९८ दशमलव चार, एक सय ८१ दशमलव ६३, १३ दशमलव ७६, दुुई सय चार दशमलव ७३, ५८ दशमलव १५ र शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय आठ रुपैयाँमा किनबेच भएको छ ।दोस्रो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २० हजार तीन सय ४४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, नेको इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मेगा बैंकको संस्थापकतर्फ सेयर मूल्य चार प्रतिशतले घटेर एक सय २२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको १० प्रतिशत प्रभुु बैंक डिवेञ्चर २०८४ को प्रतिकित्ता सेयर मूल्य पनि दुुई दशमलव २९ प्रतिशतले घटेर एक हजार २६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नाडेप लघुुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकैदिन प्रतिकित्ता ११ सय १० रुपैयाँ अन्तिम मूल्यमा ४१ करोड आठ लाख ४५ हजार तीन सय १० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको पनि प्रतिकित्ता २९ सय २८ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड सात लाख ५३ हजार पाँच सय ३९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, नेको इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।

८ दशमलव ५ प्रतिशत एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) नेप्सेमा सूचीकृत
सिद्धार्थ बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको ३० लाख थान आठ दशमलव ५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबी क्यापिटल लिमिटेडमार्फत ३० लाख थान थान आठ दशमलव ५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ खुला बिक्री आह्वान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ३० हजार कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका थिए भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया