Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफद्वारा एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक

रिलायन्स लाइफद्वारा एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक


काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्सले एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा एक सेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको हो । जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरूलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएका हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै सेयरधनीहरूलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास गरेको छ । यस अभियानअन्तर्गत कम्पनीका सेयरधनीले आफ्नो आवश्यकता (बालजीवन, बचत, अवकास र सुरक्षा)अनुरूपको योजनाहरू कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्नेछन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया