Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाको बेला एसियाकै चम्किलो तारा

कोरोनाको बेला एसियाकै चम्किलो तारा


सिंगापुर ।
भियतनामले कोरोना महामारीबाट अर्थतन्त्रलाई जोगाउन सफल भएको छ । सोसँगै यो वर्ष दक्षिणपूर्वी एसियामा आर्थिक वृद्धिदरलाई लयमा फर्काउने एउटा मात्रै अर्थतन्त्र साबित भएको छ । यो वर्ष भियतनामले २.४ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने आशा गरिएको अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको बीबीसीले जनाएको छ । भियतनामको यो सफलतामा कोरोना महामारीका बेला उसले चालेको निर्णायक कदमले स्वास्थ्य र आर्थिक संकटलाई रोक्नसकेको कोषको ठहर छ । भियतनाममा जम्मा १ हजार २ सय ८८ कोरोना संक्रमित रहेकोमा ३५ जनाको मात्रै मृत्यु भएको छ ।

सन् २०२१ मा भियतनामको अर्थतन्त्र झनै बलियो हुने प्रक्षेपण कोषको छ । उसले आगामी वर्ष ६.५ प्रतिशतले वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । त्यसका लागि आन्तरिक र बाह्य आर्थिक गतिविधिले पनि सघाउनेछ । धेरै धनीराष्ट्रको तुलनामा स्वास्थ्य पूर्वाधार सोहीअनुसार नभए पनि उसले सार्वजनिक स्वास्थ्यलाई महामारीबाट जोगाउन निर्णायक पहल गरेको थियो । यसबाट संक्रमितको संख्या न्यूनीकरण भएको थियो । त्यस्तै परीक्षण किट विकासमा पनि भियतनाम सफल भएको थियो । त्यसबाट रणनैतिक परीक्षण, द्रुततर कन्ट्याक्ट ट्रेसिङले संक्रमण नियन्त्रणमा मद्दत मिलेको थियो ।

महामारीले भियतनामको पर्यटन क्षेत्र तहसनहस भए पनि खराब आर्थिक अवस्थाबाट भने जोगिन सफल भएको थियो । महामारीका बेला भियतनामीहरुले घरबाटै काम गरेका थिए । त्यसका लागि आवश्यक बन्दोबस्त गर्न उनीहरु सफल भएका थिए । चालू वर्षको पहिलो तीन त्रैमासिकमा भियतनामको अमेरिका निर्यात अघिल्लो वर्षभन्दा २३ प्रतिशतले बढेको थियो । जसमा २६ प्रतिशतभन्दा बढी विद्युतीय सामग्रीहरु थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया