Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमितमध्ये ८८ प्रतिशत नेपाली कोरोनामुक्त

संक्रमितमध्ये ८८ प्रतिशत नेपाली कोरोनामुक्त


काठमाडौं ।
नेपालमा कुल संक्रमितमध्ये ८८ दशमलव चार प्रतिशतले कोरोना जित्न सफल भएका छन् । दुई लाख १८ हजार छ सय ३९ जनालाई कोरोना लागेकामा एक लाख ९३ हजार तीन सय २५ जना कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना लागेकामध्ये ११ प्रतिशतमा मात्र कोरोना देखिएको छ । कुल संक्रमितमध्ये २४ हजार नौ जना मात्र शनिबारसम्म संक्रमित अवस्थामा छन् । शनिबारसम्म एक हजार तीन सय पाँच जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये कोरोनाको कारण नेपालभित्र ज्यान गुमाउनेहरु शून्य दशमलव छ प्रतिशत मात्र हो । यसले नेपालीमा कोरोना जित्ने क्षमता राम्रो भएको देखाएको छ ।

शनिबार आठ हजार एक सय ४४ जनामा परीक्षण गर्दा एक हजार छ सय ७४ जनामा कोरोना देखिएको छ । त्यसमध्ये छ सय ६१ महिला र एक हजार १३ जना पुरुष छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्रै आठ सय ९९ जना नयाँ संक्रमित फेला परेका छन् । त्यसमध्ये पाँच सय १२ जना पुरुष र तीन सय ८७ जना महिला छन् । शनिबार एक हजार छ सय ७४ जना संक्रमित थपिए पनि दुई हजार तीन सय २३ जना कोरोना जित्न सफल भई घर फर्किएका छन् । पछिल्ला दिनहरुमा संक्रमितभन्दा निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ ।

शनिबारसम्म १६ लाख ५२ हजार ४३ जनाको कोरोना परीक्षण गरिएको छ । नेपालमा कुल संक्रमितमध्ये ७४ हजार चार सय ११ जना महिला र एक लाख ४४ हजार दुई सय २८ जना पुरुषमा कोरोना पुष्टि भएको छ । शनिबार कोरोना देखिएकामध्ये प्रदेश १ मा ७८ जना, दुई नम्बरमा ३२ जना, वाग्मती प्रदेशमा एक हजार ८३ जना, गण्डकी प्रदेशमा एक सय ८४ जना, लुम्बिनी प्रदेशमा दुई सय २७ जना, कर्णाली प्रदेशमा दश जना र सुदूरपश्चिम प्रदेशमा ६० जना छन् । कोरोनाबाट काठमाडौंमा तीन सय १६ जना, भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया