फाइनान्सहरुको पहिलो त्रैमासिक प्रगति उत्साहजनक भएन
काठमाडौं ।
फाइनान्स कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नाफा सामान्य देखिएको छ । सञ्चालनमा रहेका २१ मध्ये हालसम्म १८ वटाले चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय वित्तीय विवरण सार्वजनिक गरेकोमा बेष्ट फाइनान्ससहितका पाँचवटा कम्पनीहरुको खुद मुनाफा ऋणात्मक देखिएको छ भने अरुको पनि नाफा सामान्य देखिएको छ । यसले फाइनान्सहरुमा अझै वित्तीय अनुशासन छैन भन्ने देखाएको छ ।
चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये आईसीएफसी फाइनान्सको नाफा सबैभन्दा उच्च देखिएको छ । उक्त फाइनान्सले नौ करोड ३७ लाख २० हजार चार सय ६५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा आईसीएफसीको यस्तो तीन करोड पाँच लाख ७७ हजार चार संंय ७८ रुपैयाँ रहेको थियो । गोर्खाज फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा छ करोड ५८ लाख ९१ हजार पाँच सय चार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गोर्खाजको यस्तो नाफा दुुई करोड चार लाख २७ हजार नौ सय १५ रुपैयाँ रहेको थियो । मञ्जुश्री फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा पाँच करोड छ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गुुडविल फाइनान्सले भने चालू अवको पहिलो त्रैमासिकमा दुुई करोड ९१ लाख ५९ हजार नौ सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सले एक करोड २१ लाख ८९ हजार तीन सय ५६ रुपैयाँ खुद मुनाफा कमाएको थियो । गुुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड १५ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ६३ लाख ५३ हजार रुपैयाँ रहेको थियो । यसैगरी रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई करोड दुई लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा रिलायन्सको यस्तो नाफा एक करोड ३१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । श्री इन्भेष्टमेन्ट फाइनान्सले कम्पनीले चालू आवको पहिलो त्रैमासिकमा एक करोड ४९ लाख ८१ हजार आठ सय ३७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा रिलायन्सको यस्तो नाफा दुई करोड ९६ लाख २१ हजार तीन सय ७७ रुपैयाँ रहेको थियो ।
चालू आवको पहिलो त्रैमासिकमा सिर्जना फाइनान्सले पनि एक करोड ९६ लाख ३४ हजार सात सय ८७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सिर्जनाको यस्तो नाफा २७ लाख ५८ हजार तीन सय ९४ रुपैयाँ रहेको थियो । युनाइटेड फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १४ लाख ४८ हजार चार सय ८४ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा युनाइटेडले ३७ लाख ५१ हजार तीन सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको थियो । पोखरा फाइनान्सले पनि पछिल्लो अवधिमा आठ लाख ३१ हजार ७८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा पोखरा फाइनान्सको यस्तो नाफा दुुई करोड ९३ लाख ५९ हजार पाँच सय ७५ रुपैयाँ रहेको थियो । समृद्धि फाइनान्सले चालू आवको पहिलो त्रैमासिकमा ४७ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा समृद्धिको यस्तो मुनाफा १० लाख ११ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । बेष्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा ८९ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोेही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ४६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी ललितपुर फाइनान्सले पनि पछिल्लो अवधिमा एक करोड २० लाख ३८ हजार छ सय ५७ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ९८ लाख ६१ हजार पाँच सय ९८ रुपैयाँ रहेको थियो । प्रोग्रेसिभ फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ३६ लाख ८३ हजार तीन सय ४९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही प्र्रोग्रेसिभको यस्तो नाफा ३० लाख ८१ हजार नौ सय ७१ रुपैयाँ रहेको थियो । नेपाल फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा ६३ लाख ६९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १४ लाख ४० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया