महेन्द्र शाही
सोलुखुम्बु ।
जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा महिनौँदेखिका चिठीपत्र थन्किएर बसेको छन् । नेपाल एयरलाइन्सको जहाजले फाप्लु विमानस्थलमा उडान नभर्दा भदौ २३ गतेदेखि सोलुखुम्बु र ओखलढुंगाको विभिन्न क्षेत्रबाट जिल्लामा आएका ४२ किलो चिठीपत्र कार्यालयमा नै थन्किएका हुन् । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख सिता दुवाडीका अनुसार सोलुखुम्बु जिल्लाको २२ किलो र ओखलढुंगा जिल्लाबाट आएको २० किलोसहित ४२ किलो चिठीपत्र कार्यालयमै थन्किएका छन् । चैत्र ७ गतेदेखि नेपाल एयरलाइन्सले फाप्लु विमानस्थलमा कुनै पनि उडान भरेको छैन ।
लकडाउनको समयमा कार्यालयले गाडीमार्फत पत्र पठाएको भए पनि अहिले त्यसको व्यवस्थापनमा समस्या भएको प्रमुख दुवाडीको भनाइ छ । बन्दाबन्दी खुलेसँगै निजी कम्पनीको विमानले फाप्लु विमानस्थलमा नियमित उडान भरिरहेको भए पनि नेपाल एयरलाइन्ससँग कर्मचारी नहुँदा उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । करारका कर्मचारीलाई बरखास्त गरेको नेपाल वायु सेवा निगमले पदपूर्ति गर्न नसक्दा नेपालको विभिन्न विमानस्थलमा अहिलेसम्म उडान हुन नसकेको बताइएको छ ।
सोलुखुम्बु, ओखलढुंगा र राजधानीसँग सम्बन्धित चिठीपत्र ढुवानीका लागि हुलाक विभाग र नेपाल वायु सेवा निगमसँग सम्झौता भए पनि नियमित उडान नहुँदा बारम्बार सेवा प्रभावित हुनेगरेको छ । विभागले अन्य माध्यमबाट चिठीपत्र ढुवानीको लागि रकम उपलब्ध नगराउने भएकाले थप समस्या भएको कार्यालयको भनाइ छ ।पछिल्लो समय कमै मात्रमा चिठीपत्र आदनप्रदान हुने भए पनि सोलुखुम्बु जिल्लामा यसको सेवा सहज तथा छिटो पत्र पाउनबाट नागरिक वञ्चित भएका छन् । ओखलढुंगा जिल्लासमेत फाप्लुमा हुने नेपाल वायु सेवा निगमको उडानमा भर पर्दा समस्या हुनेगरेको छ ।
यता खोटाङ जिल्लामा भने असोज १२ गतेदेखिका ११ वटा चिठीपत्र कार्यालयमा नै रहेको हुलाक अधिकृत सोभा पोखरेलले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारीसहित उच्च ओहोदाका व्यक्तिमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द हुँदा चिठीपत्र रोकिएको उनको भनाइ छ । खोटाङ जिल्लाबाट उदयपुरसम्म कर्मचारीले पु-याउने र उदयपुरबाट गाडीमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । तर सोलुखुम्बुमा राजधानीसँग सिधा सवारी सञ्चालन भएको एक दशक भए पनि हुलाक विभागले विमानको विकल्प नखोज्दा समस्या भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया