‘शिलान्यास रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक
काठमाडौं ।
निर्माणकार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोगपूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न सक्नेछन् ।
कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्नेछन् । सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिपोर्ट नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता गरिनेछ । नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटाइने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम एक सय बोरा खरिद गरिएको हुनुपर्नेछ ।
योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्रि नम्बर १६६००११२४४४ (नेपाल टेलिकम) ९८०१५७२११२ (एनसेल)मा सम्पर्क गर्न सक्नेछन् । साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । यो योजना प्रथम पाँच सय जागरुक उपभोक्तालाई लक्षित गरिएको छ । साथै मंसिर महिनाभरिको लागि लागू हुनेछ ।
योजना हाललाई काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागू गरिएको छ । हाल कोभिड–१९ महामारीका कारण यो योजना सीमित जिल्लाका नगरपालिकाहरुमा लागू गरिएको हो । आगामी दिनहरुमा यस योजनालाई क्रमिक रुपमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया