Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाउन्टेन इनर्जी नेपालको सेयर रजिस्टारमा एनआईबीएल क्यापिटल

माउन्टेन इनर्जी नेपालको सेयर रजिस्टारमा एनआईबीएल क्यापिटल


काठमाडौँँ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर रजिस्टारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । भर्खरै मात्र सर्वसारधारणहरूमा सेयर निष्काशन भई बाँडफाँड गर्न बाँकी रहेको माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूको सेयर दाखिल खारेजलगायतको सेयरसँग सम्बन्धित सबै काम गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिस्टार नियुक्त गरेको जानकारी दिएको छ । यही बिहीबार माउन्टेन इनर्जी र एनआईबीएल एस क्यापिटलबीच सेयर रजिस्टार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुने समेत कम्पनीले जनाएको छ ।

अब उक्त सेयरहरू बाँडफाँट भई सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचीकरणपश्चात् बाँडफाँटमा परेका सेयरधनीहरूको सेयर हितग्राही खातामा जम्मा गर्नेलगायत सेयर रजिस्टारको हैसियतले गर्नुपर्ने सम्पूर्ण कामहरू एनआईबीएलबाट हुनेछ । सम्झौतामा माउन्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया